site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ यू–२० च्याम्पियनसिप : नेपाल र बंगलादेशबीचको पहिलो हाफमै तीन गोल 

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको पहिलो हाफमै तीन गोल भएको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी समूह ‘ए’ को खेलको पहिलो हाफमा नेपालका समीर तामाङ र निराजन धामीले गोल गरे । 

यस्तै, बंगलादेशका मिराइजुल इस्लामले एक गोल गरे । खेलको १७औँ मिनेटको तेस्रो सेकेन्डमा नेपालका समीरले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । 

बंगलादेशको कर्नरलाई नेपाली रक्षकले क्लियर गरेको बललाई बंगलादेशी गोलकिपरबाट खोस्दै समीरले खाली पोस्टमा बललाई जाली चुमाए । यसको १०९ सेकेन्डपछि नेपालका निराजनले घरेलु टिमको अग्रता दोब्बर बनाए । निराजनले १८औँ मिनेटको ५२औँ सेकेन्डमा गोल गरेपछि नेपालले अग्रता २–० मा पुर्‍याएको थियो । ४२औँ मिनेटमा मिराइजुल इस्लामले गोल गरेपछि बंगलादेशले पहिलो हाफमा स्कोरालाइनलाई २–१ मा ल्यायो ।

१८ यार्ड बक्सभित्र नेपालका रक्षकले इस्लाममाथि नै फाउल गरेपछि बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो । जसमा इस्लामले कुनै गल्ती गरेनन् । प्रतियोगितामा दुवै टिमले सेमिफाइनल यात्रा तय गरिसकेका छन् । 

यसअघि समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । बंगलादेशले पनि श्रीलंकाविरुद्ध २–० को जित निकालेपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ६ टिमको सहभागिता छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro