site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मार्टिनेज र भिल्लाबीचको सम्झौता नवीकरण 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेज र इंग्लिस क्लब एस्टोन भिल्लाबीचको सम्झौता नवीकरण भएको छ । ३१ वर्षीय मार्टिनेजले बुधबार क्लबसँगको सम्झौता सन् २०२९ सम्मका लागि नवीकरण गरेका हुन् । 

मार्टिनेज सन् २०२० मा आर्सनलबाट एस्टोन भिल्ला अनुबन्धित भएका थिए । त्यसयता उनले भिल्लाबाट १५० भन्दा धेरै खेलमा प्रतिनिधित्व गरिसकेका छन् । 

सन् २०२२ को विश्वकप विजेता मार्टिनेजले गत सिजन प्रिमियर लिगका ३४ मध्ये नौ खेलमा क्लिन सिट राखेका थिए । मार्टिनेजकै उत्कृष्ट प्रदर्शनप्रेरित भिल्लाले क्लबको इतिहासमै पहिलोपटक प्रिमियर लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाएको थियो । 

यसै वर्ष सम्पन्न कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले रक्षा गर्दा पनि मार्टिनेजले प्रतियोगिताको सबै खेल खेलेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro