site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माल्दिभ्सविरुद्ध १० खेलाडीमा सीमित भुटानको जित, सेमिफाइनल सम्भावना कायमै 

काठमाडौं । माल्दिभ्सविरुद्ध २–१ को जित निकाल्दै भुटानले साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायम राखेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा १० खेलाडीमा सीमित बने पनि भुटानले माल्दिभ्सलाई स्तब्ध बनाएको हो । 

भुटानलाई जित दिलाउन दोर्जी र चोपेलले गोल गरे । २१औँ मिनेटमा दोर्जीले गोल गरेपछि भुटानले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । फिराकले ५३औँ मिनेटमा गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काएका थिए । तर, खेलको अन्तिम मिनेटमा चोपेलले निर्णायक गोल गरेपछि भुटानले १० खेलाडीमा सीमित बने पनि तीन अंक जोडेको हो । 

त्यसअघि ५२औँ मिनेटमा गोलकिपरले रातो कार्डको दर्शन गर्दै मैदान छोडेपछि भुटान १० खेलाडीमा समेटिएको थियो । जितसँगै तीन अंक जोडेको भुटान समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । भुटान यसअघि पहिलो खेलमा भारतसँग १–० ले पराजित भएको थियो । माल्दिभ्सको भने यो पहिलो खेल हो । समूह चरणको अन्तिम खेलमा अब माल्दिभ्सले भारतविरुद्ध खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro