site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बंगलादेशबाट यूएईमा सर्‍यो महिला ट्वान्टी–२० विश्वकप 

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकप बंगलादेशबाट युनाइटेड अरब इमिरेट्स (यूएई)मा सरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार प्रतियोगिता सारिएको जानकारी दिएको हो ।

बंगलादेशमा राजनीतिक द्वन्द चर्किएपछि आईसीसीले प्रतियोगिता सार्ने निर्णय गरेका हो । अब प्रतियोगिता यूएईका सहर दुबई र शारजाहामा हुनेछ । 

आईसीसीबाट प्रतियोगिता सार्ने निर्णय आएपछि बंगलादेश क्रिकेट बोर्डले भने यो निर्णय बंगलादेशी क्रिकेटका लागि लाजमर्दो विषय भएको जनाएको छ । 

दशवटा टोलीको सहभागिता रहने प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म आयोजना हुनेछ । यूएई सार्नुअघि आईसीसीले भारतलाई प्रतियोगिता आयोजनाका लागि प्रस्ताव गरेको थियो । 

तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईसीसीको प्रस्ताव अस्वीकार गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro