site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, यी स्थानमा हुनेछ भारी वर्षा 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि भारी वर्षा भइरेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा केही स्थानमा भारी वर्षा भइरहेको हो ।

वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

पर्साको रङ्गापुर, टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगंज र आसपास भारी वर्षा भएको छ । मकवानपुरको हात्तीसुडे, भोर्लेनी, रौतहटको चन्द्रपुर, गरुडा, सर्लाहीको मानुसमारा, सिन्धुलीको कुसुमटार, रानीचुरी वर्षामापन केन्द्रहरू र आसपासमा भारी वर्षा भएको छ । 

थप हुनसक्ने भएकाले उक्त क्षेत्र भएर बग्ने दुधौरा, पसाहालगायत साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । 

तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बिहान १० बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कैलाली जिल्लाको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा रहनेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ । 

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोेसी, वाग्मती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro