site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा भेटियो 'विश्वबाटै लोप हुन लागेको' माछा !

बेलबारी (मोरङ) । कोसीमा संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोसी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको जनाइएको छ ।

क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस अरूणाचलेन्स वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण संघ (आयूसीएन)ले पृथ्वीबाटै संकटापन्नको सूचीमा राखेको छ । जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ । 

अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरूणाचलेन्स माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गरे । 

पाँचजना नेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरू वाङ हुई, जिनक्वान याङ र चेनहोङ लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगस्टमा सोसम्बन्धी लेख प्रकाशित छ । 

अनुसन्धानकर्ता जसहाङ लिम्बूले भने, “माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमुना संकलन गरेका थियौँ । सोही क्रममा उक्त माछा कोसी ब्यारेज क्षेत्रमा विस्तारै बगिरहेको पानीमा भेटिएको थियो । यसको बाहिरी तथा आणविक बनावटका साथै वंशवृक्षको अध्ययनबाट यो नेपालको लागि नयाँ र विश्वबाटै लोप हुन लागेको प्रजाति रहेछ पाइएको छ ।”

उनीहरूले अध्ययनका लागि तमोर र कोसीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीमा कम्तीमा ४५ स्थानबाट ७०० वटा नमुना संकलन गरिएको जानकारी दिए । उक्त नमुनामध्ये एउटा संकटापन्न प्रजातिको माछा भेटिएको हो । 

अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले २९ वटा प्रजातिको पञ्जीकरण गरिएको र एउटा प्रजाति नेपालका लागि नयाँ भएको पाइएको बताए । 

नेपालका लागि नयाँ भनिएको अर्को प्रजातिको वैज्ञानिक नाम  इरेथिस्टेस सिकुलाहो । यो पनि कोसी नदी र मोरङको लोहन्द्रा नदीमा पाइएको थियो । यो माछा नदीको तीव्र गतिमा बग्ने भागमा पाइएको उनले बताए । 

उक्त सिकुला माछालाई पनि आईयूसीएनले ‘तथ्यांक अभाव’ भएको सूचीमा राखेको छ । यी दुवै माछा कोसी नदीमा प्रशस्त पाइने र स्थानीय व्यवसायीले दोहन गरिरहेको अवस्था रहेको उनले बताए ।

अनुसन्धानकर्ता लिम्बूले भने, “यस्तो दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेको पाइयो । यी दुवै माछा खानका लागि लोकप्रिय मानिन्छन् ।”

अनुसन्धानकर्ता अधिकारीका अनुसार लोपोन्मुख प्रजाति नेपालमा प्रशस्त सङ्ख्यामा पाइनु खुसीको कुरा भएको बताए । उनका अनुसार एमब्लिसेप्स जातिका तीन प्रजाति मंगोइज, अरूणाचलेन्स र वाइखोमी नेपालमा पाइने पुष्टि भएको छ । अरूणाचलेन्सलाई पहिला मंगोइज हो भनेर विश्वास गरिएको थियो । 

एक दशकअघि नेपालमा पाइने भनेर लेखिएका प्रजातिको पहिचानमा त्रुटि भेटिएकाले अहिले डीएनए बारकोडिङबाट यथार्थ‍ पहिचान गर्ने प्रयास गरिएको लिम्बूको भनाइ छ ।

तथ्यांकअनुसार नेपालमा पाइने माछामध्ये यसअघिसम्म तीनवटा प्रजाति अति संकटापन्न र सहर माछा संकटापन्नको सूचीमा थियो । अब एम्ब्लिसेप्स अरूणाचलेन्स पनि संकटापन्नको सूचीमा थपिएको हो ।

खोजकर्ताको उक्त टोलीले दुई वर्षमा माछाका यी दुईसहित छ वटा प्रजाति नयाँ प्रजाति पत्ता लगाइसकेको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro