site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र
प्रतीकात्मक फाइल तस्बिर ।

ढोरपाटन (बागलुङ) । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र परेका छन् । सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–७ धारबोटस्थित सडक माथिदेखि पहिरो खस्दा आज दिउँसोदेखि सडक ठप्प भएको हो ।

सडक पूर्णरूपमा अवरुद्ध हुँदा नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनस्थित ढोरबराह मन्दिरमा पूजा गरेर फर्किने सयौँ भक्तजन समस्यामा परेको ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । सोमबार रातिदेखि परेको वर्षाले सडकका धेरै ठाउँमा पहिरो झरेकाले खुलाउने प्रयास भइरहेको उनले बताए ।

“रातिबाट नै ठूलो पानी परेको थियो, भारी वर्षा हुँदा सडक पूर्णरूपमा बन्द भएको हो । सडक अवरुद्ध हुँदा धेरैलाई समस्या परेको छ । हामीले सडक खुलाउने प्रयास गरिरहेका छौँ,” उपप्रमुख कायतले भने, “जनैपूर्णिमामा ढोरबराह मन्दिरमा पूजाआजाका लागि देशभरबाट आउनुभएका भक्तजन फर्कन थाल्नुभएको थियो । सडक अवरुद्ध हुँदा उहाँहरू समस्यामा पर्नुभएको छ ।”

यस सडकको विभिन्न ठाउँ भूजीखोलाले कटान गरेको छ । भारी वर्षा भएपछि सडकको ठाउँठाउँमा पहिरो गएकाले यात्रा गर्दा सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro