site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशले श्रीलंकालाई हराएसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २–० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा निश्चित भएको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा जित निकालेसँगै बंगलादेशले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । नेपाल र बंगलादेशले समूह ‘ए’बाट सेमिफाइनल यात्रा तय गरेका हुन् । 

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाविरुद्ध १–० को जित निकाल्दै समूहमा तीन अंक जोडेको थियो । अब बिहीबार हुने नेपाल र बंगलादेशबीचको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिमको सहभागिता छ । प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro