site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हैजा संक्रमितको संख्या ५८ पुग्यो, काठमाडौंमा बढ्दै बिरामी

काठमाडौं । सन् २०२४ जुलाई १९ यता देशमा हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । अगस्ट १९ सम्म पाँच जिल्लाका ५८ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

हैजाबाट ललितपुरमा सबैभन्दा धेरै ४१ जना बिरामी भएका छन् । गोदावरी र महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका विभिन्न वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो साता काठमाडौंमा पनि हैजाका बिरामी बढेका छन् । अगस्ट १४ सम्म यसबाट काठमाडौंमा दुईजना मात्र संक्रमित थिए । पछिल्ला पाँच दिनमा काठमाडौंमा पाँचजनामा हैजा पुष्टि भएको छ । योसँगै काठमाडौंमा सातजनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीका अनुसार, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको छ ।

संक्रमित हुनेमा २५ महिला र ३३ पुरुष छन् । १४ वर्षमुनिका नौजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro