site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यूनचापीय रेखा उत्तरतर्फ सर्‍यो, सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना 
फाइल तस्बिर

काठमाडौं । सातवटै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा बिहान मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो । 

बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

यसैबीच, दाङमा भारी वर्षा भएको छ । राति २ बजेदेखि दाङमा भारी वर्षा भएको हो । 

दाङको पदमपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको विभागले जनाएको छ । 

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बहने बबई र यसका सहायक नदीहरूमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । 

पछिल्लो एक घण्टामा नवलपुरस्थित डण्डा वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले नारायणी र यसका सहायक नदीहरूमा बहाव बढ्ने विभागले जनाएको छ । 

भारी वर्षाको पनि सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागको आग्रह छ । 

दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात सेवामा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको छ । न्यूनचापीय रेखा उत्तरतर्फ हुँदा नेपालमा मनसुन थप सक्रिय भएर धेरै वर्षा हुन्छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro