राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । सोमबार भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भारतको पाँचदिने भ्रमणका सिलसिलामा राणा आइतबार नयाँ दिल्ली गएकी हुन् । राणा र जयशंकरबीचको द्विपक्षीय भेटमा नेपाल–भारत सम्बन्धका सबै आयाममाथि छलफल गरिने जनाइएको छ ।
परराष्ट्रमन्त्री राणाले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो भारत भ्रमण हो ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ १३:०६
प्रतिक्रिया दिनुहोस्