site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्टार्टअपलाई यस वर्ष पनि २५ लाखसम्म कर्जा दिँदै सरकार, यस्तो छ प्रक्रिया

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा पनि स्टार्टअप कम्पनीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा छनोटमा परेका १६५ स्टार्टअप कम्पनीलाई सरकारले कर्जा उपलब्ध गराएको थियो ।

चालु आर्थिक वर्ष २०८१/०८२ का लागि पनि सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरेको छ । यससँगै अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कर्जा उपलब्ध गराउने भएको हो ।

यसका लागि प्रतिष्ठानले २१ दिने सूचना जारी गर्दै परियोजना प्रस्ताव पेस गर्न आह्वान गर्नेछ । त्यसपछिका सबै चरण पार गरी छनोटमा पर्न सफल स्टार्टअप कम्पनीले पाँच लाखदेखि २५ लाख रुपैयाँ कर्जा प्राप्त गर्नेछ ।

यो कर्जा पाँच वर्षभित्र सरकारलाई फिर्ता बुझाउनु पर्नेछ । पहिलो किस्ता कर्जा प्राप्त गरेको एक वर्षमा साँवा र ब्याजसहित बुझाउनु पर्नेछ । पाँच वर्षको अवधिअघि नै कसैले कर्जा भुक्तान गर्न चाहेमा अतिरिक्त शुल्क नलाग्ने कार्यविधिमा उल्लेख छ ।

कर्जाको ब्याजदर तीन प्रतिशत हुने कार्यविधिमा उल्लेख छ । कर्जा प्रवाह गर्ने बैंकले कर्जाको अधिकतम शून्य दशमलव एक प्रतिशत सेवा शुल्क लिनसक्नेछ ।

कर्जा प्राप्त गर्ने उद्यमी तथा कम्पनीले आफ्नो प्रगति विवरण चौमासिक रूपमा कर्जा प्रवाह गर्ने बैंकमा बुझाउनु पर्ने व्यवस्था कार्यविधिमा छ । प्रतिष्ठानले परियोजना प्रस्तावनाका लागि कहिले सूचना जारी गर्छ भन्ने जानकारी भने दिइसकेको छैन ।
यस्तो छ कार्यविधि

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro