site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारमा जान हतारो छैन : पुन 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफूहरूलाई सरकारमा जान हतारो नभएको बताएका छन् । पार्टीसम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तकारी प्युठानको जिल्ला सम्मेलनमा आइतबार उनले वर्तमान सरकारले भ्रष्टाचारी र राज्यदोहनमा संलग्नलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाए ।

“हामीलाई सरकारमा जान कुनै हतारो छैन । तर, सुरुआत भएका राम्रा कामको निरन्तरताका लागि सरकारलाई खबरदार गर्न चाहन्छौँ,” उनले भने, “सुशासन र समृद्धिको यात्रामा काम गर्दा सरकारलाई साथ दिन चाहन्छौँ । भ्रष्टाचारीलाई संरक्षण गरिए संसद् र जनताका बीचमा रहेर खबरदारी गर्छौँ ।”

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले सुशासनका पक्षमा तथा भ्रष्टाचार र राज्यदोहनविरुद्ध कठोर कदम चालेपछि आत्तिएकाले रातारात सरकार ढालेको उनको भनाइ थियो ।

“हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चलाएको सुशासनको अभियानलाई अनियमितता, राज्यदोहन र सरकारी सम्पत्ति कब्जा गरेर मोज गरिरहेका मानिसहरूले मन पराएनन्,” पुनले भने, “म यो सरकारलाई भन्न चाहन्छु– हाम्रो पार्टी नेतृत्वको सरकारले थालेको भ्रष्टाचार र राज्यदोहनविरुद्धको अभियान नरोकियोस् ।”

भ्रष्टाचार र राज्यदोहनको प्रक्रिया नरोकिए नेपालमा श्रीलंका र बंगलादेशको परिस्थिति आउन सक्नेतर्फ उनले सचेत गराए ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro