site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुनोस् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।

स्थायी कमिटी बैठकमा केही सदस्यले भिन्न ढंगले धारणा राखेको उनले उल्लेख गरे । उनले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रूपमा आफ्नो धारणा राखेको र त्यो फरक मत नरहेको बताए ।

Dabur Nepal
NIC Asia

उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको नेतृत्वबाट नभनिएको उनले जिकिर गरे । उनले स्थायी कमिटी बैठकको अन्त्यसम्म आउँदा पार्टी फुटाउने शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताए ।

आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले संशय भने पैदा भएको प्रचण्डको स्वीकारोक्ति थियो । उनले शर्माले पार्टी फुटाउन खोजेको भन्ने भ्रमबाट मुक्त हुन आग्रह समेत गरे ।

पार्टी अब नफुट्ने उनले जिकिर गरे । उनले शर्माले उठाएका केही विषय गम्भीर आशंकाका रहेको बताए ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
स्थायी कमिटीको बैठकमा जब हामी गयौँ, केही कमरेडले अलि भिन्न ढंगले राख्नुभएको थियो । सबैलाई थाहा नै छ । कमरेड जनार्दन शर्माले लिखित रूपमा राख्नुभएको थियो । उहाँले मेरो फरक मत हो भनेर त राख्नुभएको थिएन । त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन । उहाँले आफ्नो मतको रूपमा राख्नुभयो । यो मेरो फरक मत होइन, मत मात्रै हो, अरू साथीहरूले मुखले भन्नुभयो, मैले लेखेर भनेको मात्रै हो भनेर स्पष्ट पनि पार्नुभयो । तर, बाहिर के हो ? भन्ने आशंका र तरंग पैदा भयो । स्थायी समितिको बैठकको अन्त्यसम्म आइपुग्दा हामीले त्यसलाई मुख्य रूपमा सम्बोधन गर्‍यौँ । जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले त्यो भाषा त कहिल्यै भनेको थिएन । तर, विभिन्न मानिसहरूले आएर सुनाउने गरेका थिए । त्यसले यदाकदा के हो ? भन्ने भएको थियो । स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट पार्नुभएको छ । जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दछु । पार्टी फुट्दैन, त्यो सुनिश्चित भएको छ । अब एकताबद्ध भएर जाने हो । कसैले भन्दैमा त्यो आशंका राख्न परेन । उहाँले उठाएका गम्भीर आशंकाका विषय छन् । व्यावहारिक कुराहरू आशंकाका छन् । ती पनि स्थायी समितिको बैठकको अन्त्यसम्म आउँदा क्लियर हुने भनेको छु । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro