site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘द रेड सुटकेस’लाई ‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’ अवार्ड

काठमाडौं । चलचित्र ‘द रेड सुटकेस’ले अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न ‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा बेस्ट फिल्मको अवार्ड जितेको छ । 

शुक्रबार सम्पन्न फेस्टिभलमा ‘द रेड सुटकेस’ले ‘बेस्ट फिल्म अफ द सबकन्टिनेन्ट’ अवार्ड जितेको हो । आफ्नो सिनेमाले अवार्ड जितेकोमा निर्माता रामकृष्ण पोखरेलले सम्पूर्ण निर्माण टिमप्रति आभार व्यक्त गरेका छन् । 

Dabur Nepal
NIC Asia

“यो अवार्ड समग्र नेपाली सिनेमाकर्मी र नेपालीको उपलब्धी हो,” उनले बाह्रखरीसँग भने, “यसले हाम्रा सिनेमा पनि कमजोर छैनन् भन्ने पुष्टि गरेको छ । यो खुसी म र मेरो टिम सम्पूर्णमा साझा गर्न चाहन्छु ।” 

फिडेल देवकोटाको लेखन तथा निर्देशक रहेको चलचित्रमा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायत कलाकार मुख्य भूमिकामा छन् । 

रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापा निर्माता रहेको चलचित्र नेपालमा गत चैत ३० गते रिलिज भएको थियो ।  

भेनिस सिनेमा महोत्सवमा प्रिमियर भएको सिनेमा ‘द रेड सुटकेस’ले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro