site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गिट्टी, बालुवा उत्खनन्, बिक्री मापदण्ड खारेज गर्दै सर्वोच्चले भन्यो– भावी पिँढीलाई सोच्नू
Tiktok banner adTiktok banner ad

काठमाडौं । सर्वोच्च अदालतले ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९’ खारेज गरेको छ ।

‘मन्त्रिपरिषद्बाट जारी तथा संशोधित मापदण्ड’, सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुर अजिज मुसलमानको इजलासले विना अध्ययन संशोधन गरिएको तर्कका आधारमा खारेज गरेको हो । 

वातावरण कानुन समाजका तर्फबाट अध्यक्ष अधिवक्ता पदमबहादुर श्रेष्ठ, नुवाकोटका राजु फुयाँल र धनुषाका राकेशकुमार साहका तर्फबाट दायर रिटमा न्यायाधीशद्वय श्रेष्ठ र मुसलमानको इजलासले गत वैशाख १७ गते फैसला गरेको थियो । 

उक्त फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको हो । फैसलाको पूर्णपाठमा क्रसर उद्योग संचालन तथा व्यवस्थानका लागि कुनै कानुनी प्रबन्ध भएको हुँदा वातावरणमैत्री उत्खनन् तथा उद्योग संचालनका लागि छुट्टै कानुन बनाएर कार्यान्वयन गर्न निर्देशनात्मक आदेश जारी गरेको छ ।

ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ मा जारी भएको थियो । उक्त मापदण्ड २०७९ जेठ ६ मा मन्त्रिपरिषद्बाट संशोधन भएको थियो ।

मन्त्रिपरिषदले एकै किसिमबाट मापदण्ड तोक्दा पहाडमा बस्ती र खोलाबाट दुई किलोमिटर र पाँच सय मिटरको दुरीको कारण कुनै पनि क्रसर उद्योग स्थापना र सञ्चालन हुने स्थान पाउन सक्ने अवस्था नरहने भन्दै दिएको जवाफमा पनि सर्र्वोच्चको फैसला बोलेको छ । 

सर्वोच्चले वातावरण संरक्षणको विषय बहुआयामिक भएको भन्दै वातावरण र विकासलाई सन्तुलित रुपमा अगाडि बढाउनुपर्ने भनेको छ । 

सर्वोच्चले विकास र वातावरण मध्ये कुनै एक पक्ष गौण रहेमा वा एकलाई मात्र प्राथमिकता दिँदा दिगो विकासको लक्ष्य हासिल गर्न मुस्किल हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

प्राकृतिक स्रोतको उत्खनन र प्रयोग गर्दा आर्थिक लाभको दृष्टिले मात्र नभई वातावरणमा पर्ने असर पनि हेर्नुपर्ने यसअघि प्रतिपादित सिद्धान्तसमेत सरकारलाई सम्झाएको छ । 

फैसलामा कतिपय यस्ता प्रभावहरू पुनः नवीकरण वा पुनर्उत्थान हुन नसक्ने प्रकृतिका पनि हुन्छन् । यसो हो भने हाल प्राप्त हुने थोरै लाभको तुलनामा भावी पिंढी समेतले गम्भीर र अपूरणीय क्षति व्यहोर्नुपर्ने उल्लेख गरिएको छ ।

फैसलाको पूर्ण पाठमा भनिएको छ, “ढुंगा, गिट्टी, बालुवा विकास निर्माणका कार्यमा आवश्यक रहने कुरामा दुईमत छैन भने उक्त वस्तुहरू उत्खनन् र प्रशोधन गर्न क्रसर उद्योगहरू समेत आवश्यक रहने कुरा पनि होला । तर साथसाथै प्रकृतिप्रदत्त ढुंगा, गिट्टी, बालुवाको अनुचित प्रयोग र दोहनबाट सिर्जना हुने सक्ने वातावरणीय प्रतिकूल प्रभावतर्फ पनि उत्तिकै ध्यान दिनुपर्ने अवस्था छ ।” 

सर्वोच्चले बगर, वनजङ्गल, व्यक्तिगत वा सार्वजनिक भूमि कहाँबाट र कुन परिमाणमा निकालियो र त्यसले वातावरण एवं पारिस्थितिक प्रणालीमा के कस्तो असर परेको छ वा पर्ने सम्भावना छ भन्ने नहेरी आर्थिक दष्टिबाट मात्र हेर्दा भयावह अवस्था आउन सक्नेतर्फ पनि सचेत गराएको छ । 

फैसलामा भनिएको छ, “ढुंगा, गिट्टी, बालुवा आदिको बिक्री तथा निकासी शुल्क, दस्तुर सङ्कलन गर्ने स्थानीय तहको अधिकार छ भन्दैमा प्रकृति नै विनास हुने वा वातावरणमा उल्लेखनीय रुपमा प्रतिकूल असर वा पारिस्थितिक प्रणाली नै ध्वंश हुने गरी त्यस्ता वस्तुहरूको उत्खनन्, संकलन वा बिक्री र निकासीसमेत गर्न मिल्छ भनी निरपेक्ष रुपमा भन्न मिल्ने देखिँदैन ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro