site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाजरकोट र बझाङ भूकम्पपीडितको नाममा हालसम्म तीन अर्ब १६ करोड रुपैयाँ निकासा 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० लाभग्राहीका नाममा हालसम्म तीन अर्ब १६ करोड रुपैयाँ निकासा भएको बताएका छन् । 

राष्ट्रियसभाको बिहीबारको बैठकमा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा पठाइएको जनाए ।

कार्यकारी प्रमुखस्तरीय निर्णय बमोजिम रुकुम पश्चिम र जाजरकोट जिल्लामा पाँच/पाँच करोडसहित तीन अर्ब १६ करोड रूपैयाँ निकासा भएको उनले बताए । 

“जिल्ला विपद् व्यवस्थापन समितिबाट दुई अर्ब २५ करोड पाँच लाख २५ हजार रूपैयाँ स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा निकासा भएको छ । स्थानीय विपद् व्यवस्थापन समितिबाट प्रक्रिया पुरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ताबापत एक अर्ब ९२ करोड ५८ लाख २५ हजार रूपैयाँ लाभग्राहीको खातामा निकासा भइसकेको छ,” गृहमन्त्री लेखकले जानकारी दिए । 

जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पहिचान भएकामध्ये ९ हजार ५८४ लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट २३ करोड ९६ लाख रूपैयाँ र जिल्ला विपद् व्यवस्थापन समितिबाट निकासा भएकोमध्ये बझाङ जिल्लाका एक हजार २५५ लाभग्राहीले तीन करोड १३ लाख ७५ हजार रूपैयाँ दोस्रो किस्ताबापत प्राप्त गरेको उनले बताए । 

अन्य जिल्लामा दोस्रो किस्ताबापतको रकम वितरण भएको प्रतिवेदन प्राधिकरणमा आउने क्रममा रहेको उनले जनाए ।

अस्थायी आवास निर्माणका लागि करिब ९० करोड ९४ लाख ७५ हजार रूपैयाँ जाजरकोट, रुकुम पश्चिम, सल्यान, बझाङ र बाजुरा जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको कोषहरूमा मौज्दात रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro