site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भ्रष्टाचारको आरोप लागेका गोदावरीका मेयर र उपमेयरले पाए सफाइ

काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहितलाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै आरोपितलाई सफाइ दिएको हो । अदालतले आरोप दाबी पुष्टि नहुने फैसला गरेको हो ।

"...गोदावरी नगरपालिकाले गरेको विवादित निकासी कर निर्धारण नगरपालिकाले आर्थिक ऐनमा नै तोकेको करको दरको आधारामा मात्र बोलपत्र आह्वान गरी सक्षम पक्षलाई निर्धारण गरेको देखिन्छ । यी प्रतिवादीहरू नगरकार्यपालिका पदाधिकारी जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूको रूपमा सेवारत रहेको हुँदा नगरसभाबाट निर्मित कानुनको कार्यान्वयनसम्म गर्ने हैसियतमा रहेको देखिन्छ," अदालतले भनेको छ ।

Dabur Nepal
NIC Asia

उनीहरूमाथि ढुंगा तथा बालुवा उत्खनन् र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन र उपमेयर मुना अधिकारीले पाँच वर्षमा एक अर्ब चार करोड ८६ लाख ६५ हजार २८७ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित २१ जेठमा मुद्दा दायर गरेको थियो । उनीहरूले अघिल्लो पाँच वर्षे कार्यकालमा भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष थियो ।

111-(2)-1723642665.jpg

2222-1723642665.jpg

333-1723642664.jpg

444-1723642664.jpg

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro