site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले संक्रमणकालीन न्याय निरुपणको गाँठो फुकाउनेगरी कानुन बने पनि कानुन आफैँले न्याय नदिने उल्लेख गरे । उनले न्याय दिनका लागि संरचना चाहिने भन्दै त्यसमा रहने व्यक्तिको नियत सफा रहनुपर्नेमा जोड दिए । 

उनले राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्याय सुनिश्चित गर्न नसकिने बताए । आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्नेमा जोड दिए । आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गराउन सके राम्रो हुने धारणा राखे ।

राजनीतिक नियुक्ति भएर आउने महान्यायाधिवक्ताले आयोमार्फत रायको लागि आउने घटनामा दलीय स्वार्थ राख्ने सम्भावना हुने भएकाले यसप्रति सचेत हुनुपर्ने उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro