
काठमाडौं । एएफसी च्यालेन्ज लिग छनोटको प्ले अफको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच प्ले अफ दशरथ रंगशालामा मंगलबार साँझ ६ बजे सुरु हुँदैछ ।
यो खेलका लागि चर्च ब्वाइज युनाइटेड टोलीले राष्ट्रिय टोलीका लकेन लिम्बू, सनिश श्रेष्ठ, आयुष घलानसहित केही विदेशी खेलाडीहरूलाई अनुबन्ध गरेको छ ।
पारो एफसीले जापानका पूर्वस्टार होन्डालाई टिममा भित्राएको छ । होन्डाले तीनपटक विश्वकप खेलिसकेका छन् । उनी एसियाकै स्टार खेलाडी हुन् । होन्डा मात्र होइन यो पटक पारोले कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ ।