site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यस्तो छ भारतमा तयार पारिएको ‘रावायण’को शीर्ष गीत

काठमाडौं । चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘रावायण’ बोलको गीत आज सार्वजनिक भएको हो । 

रेभन आरती सिंहको संगीत रहेको गीतमा डाक्टर कृष्णहरि बरालको शब्दरचना छ । गीतमा नकास अजिजको स्वर छ । 

विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमाको सार्वजनिक गीतको अडियोको काम भारतको मुम्बईमा गरिएको निर्माण पक्षले जनाएको छ । 

भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् । निर्देशक सुदर्शन थापालाई पनि भिडियोमा देख्न सकिन्छ । ठूलो संख्यमा कोरस प्रयोग गरिएको छ । 

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको चलचित्रकी निर्माता पूजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमालाई सुदर्शन थापाले निर्देशन गरेका छन् । 

चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ललगायतको अभिनय छ ।

निर्देशक थापा स्वयंले सिनेमाको कथा लेखेका छन् । शिवम अधिकारीको लेखन छ । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro