site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुर्घटनाबाट बचाउन ‘सेफ्टी एक्ट’ ल्याउन सरकारसँग सांसदको माग

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतक बिना लामाले हवाई, सार्वजनिक सवारीसाधनको दुर्घटनाबाट जनतालाई बचाउने गरी ‘सेफ्टी एक्ट’ विधेयक ल्याउन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो माग गरिन् । 

उनले जनताको ज्यान र धनको सुरक्षा गर्ने तथा सुरक्षित यात्राको ग्यारेन्टी गर्न यस्तो विधेयक आवश्यक भएको बताइन् । 

“सुरक्षित यात्रा गर्न विशेष गरेर सेफ्टी एक्ट ल्याएर जनताको यात्रा सुरक्षित बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु,” उनले भनिन् । 

यस्तै, रास्वपा सांसद सोविता गौतमले हवाई क्षेत्रमा गम्भीर समस्या देखा परेको भन्दै राष्ट्रियसभाबाट अघि बढ्न नसकेको विधेयकलाई चाँडो अघि बढाउन माग गरिन् । “प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा भएको विधेयक सदनमा ल्याइयोस्,” उनले भनिन् ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro