site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘छक्का पञ्जा–५’को गीत ‘बिहे भाको छैन...’ सार्वजनिक

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘छक्का पञ्जा–५’को गीत सार्वजनिक भएको छ । युट्युबमार्फत आज निर्माणपक्षले गीत सार्वजनिक गरेको हो । 

‘बिहे भाको छैन...’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, वर्षा शिवाकोटी फिचर्ड छन् । 

सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्दरचना छ । संगीत दीपक शर्माले गरेका छन् । 

‘छक्का पञ्जा–५’ चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । असोज २४ गते रिलिज हुने चलचित्रमा दीपक र वर्षासँगै केदार घिमिरे, निर्मल शर्मालगायत कलाकार छन् । सिनेमामा अन्य कलाकार को–को रहेका छन् भन्ने निर्माण टिमले खुलाएको छैन । 

आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् ।

अभिनेता समेत रहेका निर्माता दीपकराज गिरीको पटकथा रहेको चलचित्रको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले लेखेका हुन् । 

हरि हुँमागाईको डीओपी, उत्तम हुँमागाईंको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपीन मल्लको सम्पादन छ । 

चलचित्रलाई श्री ब्यंकटेस इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मसले वितरण गर्दैछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro