site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिने कुरामा अल्मलियो : विनोद चौधरी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य विनोद चौधरीले श्रीलंका र बंगलादेशको नियतिबाट देशलाई जोगाउन सकिने भन्दै केही सुझाव प्रस्तुत गरेका छन् । 

जारी केन्द्रीय समिति बैठकमा उनले पार्टीको आर्थिक दृष्टिकोण अस्पष्ट भएको बताए । “यो देशको ठूलो पार्टी, लामो इतिहास भएको पार्टी अहिले पनि स्थानीय तहदेखि केन्द्रसम्म पहिलो पार्टी हो कांग्रेस । पटक पटक भएका राजनीतिक आन्दोलनको मात्रै नभई आर्थिक विकासको नेतृत्व गरेको हाम्रो पार्टीको आर्थिक नीति र दृष्टिकोण के हो भन्ने कुरा अस्पष्ट छ,” चौधरीले बैठकमा भनेका छन्, “कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिने कुरामा अल्मलिएको हो कि भन्ने देखिन्छ ।” यसका लागि पार्टीको स्पष्ट दृष्टिकोण आवश्यक रहेको उनले बताए । 

Argakhachi Cement Island Ad

चौधरीले निराश रहेको निजी क्षेत्रको नेतृत्व गर्ने अवसर कांग्रेसले गुमाउने हो कि भन्ने चिन्ता समेत व्यक्त गरे । “८.८० प्रतिशतभन्दा बढी लगाानीको अभिभारा बोकेको निजी क्षेत्र यतिबेला अत्यन्तै निराश छ, त्रसित छ । कुन पार्टीले निजी क्षेत्रको आकांक्षा, सपना र भोलिको नेतृत्व गर्दैछ भन्ने कुरामा अन्योल छ । निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ? कांग्रेसले यो अवसर गुमाउने त होइन भन्ने चिन्ता मलाई छ,” चौधरीले भने । 

उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले उत्पादन बिनाको वितरणले समाजवाद ल्याउन सक्दैन भन्ने कुरा यतिबेला प्रमाणित भइसकेको उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्