site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
हुन्डाईका गाडीको टेस्ट ड्राइभमा माइक्रोवेभ ओभन र रेफ्रिजरेटर जित्न सकिने

काठमाडौं । हुन्डाईले ‘हुन्डाइ टेस्ट ड्राइभ एन्ड विन’ योजना ल्याएको छ ।

हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले योजना सार्वजनिक गरेको हो ।

यसअन्तर्गत ग्राहकले नेपालभरका सोरुमबाट हालै सार्वजनिक नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने आकर्षक उपहार र साप्ताहिक विजेतालाई माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर मिल्ने कम्पनीले जनाएको छ ।

यो योजना आज (सोमबार)देखि दुई साता चल्ने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

नयाँ हुन्डाई क्रेटा अगस्ट ६ मा सार्वजनिक भएको थियो । लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको थियो ।

आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने मिड साइज एसयूभी सेगमेन्टमा सफल हुँदै एसयूभी सेगमेन्टमा प्रभावकारी स्थान बनाइरहेको कम्पनीको दाबी छ ।

गाडीको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ छ । विभिन्न भेरियन्टमा उपलब्ध गाडीमा ६ वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी छ ।

मेड इन नेपाल हुन्डाई भेन्यु १.२ (एस)को मूल्य ४४ लाख ९६ हजार रुपैयाँ छ । भेन्यु १.२ (एसएक्स)को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ छ ।

मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro