site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेटो चेल्सीमा अनुबन्धित 

काठमाडौं । चेल्सीले फरवार्ड पेड्रो नेटालाई ५४ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ । २४ वर्षीय नेटोलाइ चेल्सीले वुल्भ्सबाट सन् २०३१ सम्मका लागि भित्र्याएको हो । 

पोर्चुगलका फरवार्डलाई चेल्सीले आइतबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सार्वजनिक समेत गरेको थियो । “म क्लबमा अनुबन्ध हुन पाउँदा निकै खुसी छु । मैले यहाँसम्म आउन करियरमा धेरै मेहनत गरेको छुँ । र, म यो क्लबको जर्सीबाट मैदान उत्रिन उत्साहित छु,” सम्झौतापछि नेटोले भने । 

चेल्सीले यसअघि दुईपटक प्रस्ताव गरे पनि वुल्भ्सबाट अस्वीकृत भएको थियो । चेल्सीले सुरुआतमा नेटोका लागि वुल्भ्सलाई ५१.३ मिलियन पाउन्ड तिर्नेछ । यसपछिको बाँकी २.६ मिलियन पाउन्ड भने ‘एड वान्स’को रूपमा तिर्नेछ । नेटो सन् २०१९ मा इटालियन क्लब लाजियोबाट वुल्भ्समा अनुबन्धित भएका थिए । वुल्भ्सबाट पाँच वर्ष खेल्दा उनले १३५ खेलमा १४ गोल गरेका छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro