site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रीमतीको हत्या आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मोरङमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१०, बागझोडाका ५८ वर्षीय लक्ष्मण नेपाल छन् ।

आफ्नै श्रीमती ४१ वर्षीया पवित्रा फुयाल नेपालको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार (हिजो) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घरायसी विवादका क्रममा लक्ष्मणले खुकुरी प्रहार गर्दा पवित्रा गम्भीर घाइते भएकी थिइन् । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro