site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनभावना र कार्यकर्ताको आवाजलाई ‘झुलबाहिर लामखुट्टे कराएको’ ठाने घातक : केसी 
अर्जुनरसिंह केसी (अगाडि) । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको हरेक क्षेत्रमा गुणतन्त्र (मेरिटोक्रेसी)भन्दा आफ्ना मानिसलाई पुरस्कारतन्त्र हाबी देखिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । सानेपामा जारी पार्टी केन्द्रीय समितिको आइतबारको बैठकमा उनले कसुर हेरी दण्ड र क्षमताअनुसार पुरस्कृत गरिनुपर्नेमा जोड दिए ।

“आगो लगाउने नेतृत्व होइन, आगो निभाउने, उत्तेजना होइन, चेतना, आवेग होइन, विवेक, तोड्ने होइन, जोड्ने नेतृत्व आजको आवश्यकता छ । यो प्रशिक्षण पार्टीका हरेक तहमा पुग्नु जरुरी छ । यसैबाट पार्टीभित्र सम्पूर्ण एकता कायम हुनसक्छ‚” बैठकमा उनले भने ।

जनभावना र कार्यकर्ताको आवाजलाई ‘झुलबाहिर लामखुट्टे कराएको’ ठान्न नहुने उनले बताए । त्यस्तो ठानिए प्राप्त हुने प्रतिक्रिया घातक हुन सक्ने उनको भनाइ थियो ।

पार्टी दुर्बल हुँदा लोकतन्त्र बलियो नहुने उनले उल्लेख गरे । निश्चित नीति, विधि, पद्धति र प्रक्रियाभित्र रहेर गुट–उपगुट, गिरोह–उपगिरोहभन्दा माथि उठ्नुपर्नेमा उनले जोड दिए ।

“यसको समन्वयकारी भूमिका आजको आवश्यकता हो । यसको लागि सभापतिजीलाई हाम्रो सहयोग हुनुपर्छ । पार्टीको समग्र एकता पार्टीको निमित्त मात्र होइन, राष्ट्र र प्रजातन्त्रको संकट सम्बोधन गर्न अनिवार्य भएको छ‚” उनले भने ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro