site stats
बाह्रखरी :: Baahrakhari
कला
रहेनन् गायक प्रकाश तिमिलसिना

काठमाडौं । गायक प्रकाश तिमिलसिनाको निधन भएको छ । प्रकाश तिमिलसिनाको आज साँझ निधन भएको हो । 

“घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको थियो,” संगीतकार वसन्त सापकोटाले बाह्रखरीसँग भने, “अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ...’लगायत दर्जनौं गीत लोकप्रिय छन् । 

प्रकाशको अन्तिम संस्कार भोलि (आइतबार) बिहान पशुपति आर्यघाटमा गर्ने तयारी रहेको संगीतकार अर्जुन पोखरेलले जानकारी दिए । 

उनी आँखाको उपचारका लागि लामो समयदेखि अमेरिका जाने प्रयासमा थिए । उनका दुवै आँखाको दृष्टि थिएन । 


 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २३:३२
प्रतिक्रिया दिनुहोस्