site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अफगानिस्तानकी खेलाडी तलाश पेरिस ओलम्पिकबाट अयोग्य घोषित

पेरिस । शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ‘ब्रेक डान्सर’ मनीजा तलाशलाई ‘अफगानी महिलालाई स्वतन्त्र गर’ लेखिएको पहिरन प्रदर्शन गरेकाले पेरिस ओलम्पिबाट अयोग्य घोषित गरिएको विश्व डान्स स्पोर्ट्स महासंघले शनिबार जनाएको छ ।

२१ वर्षीया बी–गर्ल तलाश नेदरल्यान्ड्सको इन्डिया सार्डजोविरुद्धको पहिलो प्रतिीपर्धाको ठिकअघि शुक्रबार नारासहितको निलो पहिरन पहिरिएर प्रस्तुत भएकी थिइन् । “शरणार्थी टोलीका सदस्य एथलिट बी–गर्ल तलाशले ओलम्पिक अधिकारपत्रको नियम ५० को उल्लंघन गर्दै आफ्नो पोसाकमा राजनीतिक नारा प्रदर्शन गरेकोमा अयोग्य घोषित गरिएको हो,” डान्स स्पोर्ट्स महासंघले विज्ञप्तिमा जनाएको छ ।

नियम ५० ले कुनै पनि ओलम्पिकस्थल वा अरू क्षेत्रमा प्रदर्शन वा राजनीतिक, धार्मिक वा जातीय प्रचारमा प्रतिबन्ध लगाएको छ ।

सन् २०२१ देखि तालिबानको नियन्त्रणमा रहेको काबुलमा जन्मिएकी तलाश देशबाट भागेर आफ्ना दुई दाजुभाइसँग स्पेनमा बस्दै आएकी छन् । “मैले तालिबानसँग डराएर वा अफगानिस्तानमा बस्न नसकेर देश छाडेको होइन । मैले अफगानिस्तानका महिलाहरूका लागि, आफ्नो भविष्यको लागि देश छाडेको हो,” उनले प्रतियोगिता अघि भनेकी थिइन् ।

“मैले आफ्नो लक्ष्य पूरा गर्ने जोखिम लिएँ । मेरो हृदयमा डर छ, तर म हार मान्दिनँ,” उनले सन् २०२१ मा एएफपीलाई भनेकी थिइन् ।

पेरिस ओलम्पिकमा साइक्लिङ, एथलेटिक्स, पौडी र जुडोमा तालिबान सरकारले स्वीकार नगरेका तीन महिलासहित ६ खेलाडीले अफगानिस्तानको प्रतिनिधित्व गरेका थिए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro