site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशका दुई कारागारमा झडप : १२ कैदीबन्दीको मृत्यु

ढाका । पूर्वप्रधानमन्त्री शेख हसिना अपदस्थको केही दिनपछि बंगलादेशका दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । देशको राजधानी ढाकाको उत्तरमा रहेका दुवै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एउटा शृंखला हो ।

आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेका थिए । त्यसपछि जामपुर जेलमा कैदी र प्रहरीबीच भएको झडपमा बिहीबार ६ कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताए ।

कैदीहरूले सुरक्षाका निम्ति खटिएका प्रहरीमाथि फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए । कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरूको मृत्यु भएको फताहले बताए । “कैदीहरूको अराजक गतिविधिले हामी गोली चलाउन बाध्य भएका हौँ,” उनले भने ।

यस्तै, उच्च सुरक्षासहितको काशमपुर जेलमा मंगलबार कैदीहरू भाग्ने प्रयासबीच भएको झडपमा ६ कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए ।

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको उल्लेख गरे । झडपका क्रममा उक्त जेलबाट करिब २०० कैदी भागेका उनले बताए ।

हसिना सरकारविरुद्ध विरोध प्रदर्शन सुरु भएदेखि बंगलादेशभरि कैदीबन्दीहरू जेलबाट भाग्ने प्रयासमा छन् । पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएका दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५०० भन्दा बढी कैदी भागेका थिए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro