site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चौधरी फाउन्डेसन सीटीईभीटीसँगको औद्योगिक प्रशिक्षण कार्यक्रममा सहभागी
SkywellSkywell

काठमाडौं । चौधरी समूहको सामाजिक उत्तरदायित्वअन्तर्गत चौधरी फाउन्डेसन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) द्वारा सञ्चालित अप्रेन्टिसशिप कार्यक्रमको हिस्सा बन्ने भएको छ । यस कार्यक्रमअन्तर्गत सीजी कर्प ग्लोबलले विभिन्न क्षेत्रमा सीपयुक्त प्राविधिक बनेका १०० युवालाई अप्रेन्टिसका रूपमा अवसर प्रदान गर्ने भएको हो ।

अप्रेन्टिसशिप कार्यक्रमअन्तर्गत युवाहरूले प्राविधिक विद्यालयमा केही सैद्धान्तिक ज्ञान र व्यवहारिक सीपहरू प्राप्त गर्नेछन् । उद्योगमा, कम्पनी प्रशिक्षकको सुपरिवेक्षणमा आफ्नो सीप निखार्ने अवसर पाउने र सीटीईभीटीद्वारा प्रदान गरिने प्रि–डिप्लोमा वा डिप्लोमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र इन्स्योर परियोजनाका टिम लिडर रवीन्द्रबहादुर सिंहले हस्ताक्षर गरे । इन्स्योर परियोजना नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारको द्विपक्षीय पहल हो । जसलाई संघीय स्तरमा सीटीईभीटी र प्रदेश स्तरमा शिक्षासम्बन्धी मन्त्रालयहरूद्वारा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यान्वयन गरिँदैछ ।

Dabur Nepal
NIC Asia

नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. डानिएल म्युहली, सीटीईभीटीका सदस्य सचिव महेश भट्टराई र हेल्भेटास नेपालका राष्ट्रिय निर्देशक डा. प्रविन मानन्धर पनि सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा उपस्थित थिए ।

डुअल भेट–अप्रेन्टिसशिप मोडल अर्थात् औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रम विकासका लागि एक सफल योजना हो । यसले युवा पुस्तालाई उद्योगमा सम्पर्क बढाउने, कार्यस्थलमा आधारित सिकाइ, कमाउँदै सिक्ने र मान्यता प्राप्त योग्यता हासिल गर्ने अवसर प्रदान गर्दछ ।

यसैगरी, प्रशिक्षार्थीहरूले अप्रेन्टिसशिप अवधिमा लागत लाभ पाउनेछन् जसले अन्ततः उच्च क्षमतावान कार्यबलद्वारा उत्पादकत्व वृद्धि गर्नेछ । सरकारका लागि पनि यो मोडल कम खर्चिलो हुन्छ, किनकी यसले प्रयोगशाला र उपकरणहरूमा कम लगानी गर्नुपर्ने हुन्छ । यस मोडलबाट बजारमा दक्ष जनशक्तिहरू उत्पादन गर्न सक्नेछ ।

सीजी कर्प ग्लोबलमा उद्योग द्वारा सञ्चालित डुअल भेट–अप्रेन्टिसशिप कार्यक्रमहरू कार्यान्वयन गर्नुका साथै, उद्योगहरूमा कार्यरत कर्मचारी तथा कामदाको सीप अभिवृद्धि, र हरित सीपहरू प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने “यस सहयोगले शिक्षा र रोजगारबीच रहेको खाडललाई पुरा गर्न मदत गर्नेछ, र युवाहरूलाई आफ्ना करिअरमा सफल हुन आवश्यक सीप र अवसरहरू प्रदान गर्नेछ ।”

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu