site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

कानुन, न्याय तथा मानव अधिकार समितिमा बालसुधार गृहमा रहेका बालबालिका र कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थामा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro