site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलम्पिक पदक तालिकाः चीनलाई उछिन्दै अमेरिका शीर्ष स्थानमा

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को १२औँ दिन पदक तालिकामा अमेरिका शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको १२औँ दिनका खेल जारी रहँदा अमेरिकाले २४ स्वर्ण पदक जितेको छ । ३१ रजत र ३१ काश्य जितेको अमेरिकाले कुल ८६ पदक जितेको छ ।

अमेरिकालाई पछ्याइरहेको चीन पदक तालिकाको दोस्रो स्थानमा छ । चीनले २२ स्वर्ण, २१ रजत र १६ काश्यसहित कुल ५९ पदक जितेको छ । 

तेस्रो स्थानको अस्ट्रेलियाले १४ स्वर्ण जितेको छ । कुल ३५ पदक जितेको अस्ट्रेलियाले १२ रजत र नौ काश्य जितेको छ । 

चौथो स्थानको फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ काश्यसहित ४८ पदक जितेको छ । 

453371439_726652469567562_5674698336842763426_n-1723021059.jpg
पाँचौ स्थानको ब्रिटेनले १२ स्वर्ण, १५ रजत र १९ काश्यसहित ४६ पदक जितेको छ । 

यो सूचीको छैटौँ स्थानमा दक्षिण कोरिया छ । दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात काश्यसहित २६ पदक जितेको छ । सातौँ स्थानको जापानले ११ स्वर्ण, ६ रजत र १२ काश्यसहित २९ पदक जितेको छ । आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण जितेको छ ।

कुल २६ पदक जितेको इटालीले १० रजत र सात काश्य जितेको छ । यो सूचीको नवौँ स्थानमा नेदरल्यान्ड्स र १०औँ स्थानमा जर्मनी छन् । 

नेदरल्यान्ड्सले आठ स्वर्ण, पाँच रजत र ६ काश्यसहित १९ पदक जितेको छ । १०औँ स्थानको जर्मनीले आठ स्वर्ण, पाँच रजत र चार काश्यसहित कुल १७ पदक जितेको छ । 

प्रतियोगिताको १२औँ दिन ४८ देशले स्वर्ण पदक जितेका छन् । ४५ देशले रजत र ५६ देशले काश्य पदक जितेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro