site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हसिनाको गन्तव्य अझै अन्योलमा, विकल्पमा यूएई र साउदी अरेबिया 

नयाँदिल्ली । बंगलादेशबाट बाहिरिएकी पूर्वप्रधानमन्त्री शेख हसिना बाजेदको अन्तिम गन्तव्य कता हो भन्ने अझै टुंगो नलागेको बताइएको छ । अमेरिकाले उनको भिसा रद्द गरेको छ भने बेलायतले पनि उनलाई शरण दिन नखोजेको स्रोतहरूले बताएको भारतको हिन्दु दैनिकले जनाएको छ । 

उनका नजिकका नातेदार बस्ने गरेको अमेरिका, बेलायत, फिनल्यान्ड र भारतभन्दा पनि अब यूएई र साउदी अरेबियाको विकल्पबारेमा छलफल गर्न थालिएको बताइएको छ ।

सोमबार ढाकाबाट भारत गएकी उनी अहिले बहिनी शेख रेहनासँग भारतको ‘सेफ हाउस’मा बस्दै आएकी छन् । उनी लामो समयसम्म भारतमा बस्दा बंगलादेशसँगको सम्बन्धमा असर गर्न सक्ने भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वकोे सरकार चिन्तित रहेको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro