देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक उपचारका निम्ति आइपुग्ने बिरामीलाई स्थिर गराई उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । विपद्का घटना र जोखिमयुक्त अवस्थालाई जोडेर मन्त्रालयलले यस्तो निर्देशन दिएको हो ।
आफ्नो स्वास्थ्य संस्थामा थप सेवा उपलब्ध नभए मात्रै अन्यत्र रिफर गर्न मन्त्रालयले आग्रह गरेको छ । संविधानको धारा ३५ मा कुनै पनि नागरिकलाई आकस्मिक उपचार सेवाबाट वञ्चित नगर्ने उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १७:२४
प्रतिक्रिया दिनुहोस्