site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मणि र सुरेनलाई व्यथित काव्य सम्मान प्रदान गरिने 

काठमाडौं । साहित्यिक पत्रकार संघले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान–२०८१’ र कवि सुरेन उप्रेती (क्यानडा)लाई ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८१’ प्रदान गर्ने भएको छ । 

श्रीओम रोदन, पद्मावती सिंह र पारसप्रकाश नेपाल सम्मिलित समितिले गरेको सिफारिसअनुसार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले यो निर्णय गरेको हो । 

Dabur Nepal
NIC Asia

पेसाले टेलिभिजन पत्रकार मणि कविता र कथा विधामा कलम चलाउँछन् । उनका आन्दोलनले छट्पटाएका कलमहरू, मलामी साँझ, मृत्युको अघिल्तिर र यतैकतै (संयुक्त) कविताकृति सहित असहमतिका पाइलाहरू, परास्त प्रेम, निर्वस्त्र मन कथाकृति प्रकाशित छन् ।

उप्रेतीको आजका स्वरहरू कविताकृति प्रकाशित छ भने अनन्त यात्रा (कथासंग्रह), अटवा, बधशालाको डिस्को धुन (निबन्धसंग्रह), डटर्स अफ एभरेष्ट (बालकथासंग्रह), प्रेयसी रोवर्ट (डायस्पोरिक कथासंग्रह), एकान्तवास (बालकथासंग्रह), देश हराएको मान्छे (बालकथासंग्रह) र नेपालको शान (जीवनी) प्रकाशित छन् ।

२०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई प्रदान गरिँदै आइएको छ ।

यसअघि विभिन्न कविहरूलाई यो सम्मान प्रदान गरिसकिएको छ । 

त्यस्तै, ‘व्यथित काव्य डायस्पोरा सम्मान’बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवद्र्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत), शकुन ज्ञवाली (अमेरिका) र खेमनाथ दाहाललाई प्रदान गरिसकिएको संघले जानकारी दिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro