site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा अब के हुन्छ भन्ने अझै अन्योल, लोकतन्त्र जोगिनुपर्नेमा अन्तर्राष्ट्रिय चासो

ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेदले आन्दोलनको बलमा सोमबार राजीनामा दिएर देश छोडे पनि अब बंगलादेशमा के हुन्छ भन्ने अन्योल यथावत छ । 

तत्काललाई सेनाको रेखदेखमा मुलुकको सुरक्षाव्यवस्था भए पनि अब अन्तरिम सरकारमा को–को सामेल हुन्छन् भन्ने बारेमा तय भइसकेको छैन । 

अन्तरिम सरकारमा को हुन्छ र विद्यार्थीले त्यो स्वीकार गर्छन् कि गर्दैनन् भन्नेले महत्व राख्नेछ ।  बंगलादेशमा अझै पनि तनाव कम भइसकेको छैन । पूर्वप्रधानमन्त्री तथा हसिनाका कट्टर प्रतिद्वन्दी खालिदा जियाले सर्वसाधारणलाई शान्त हुन आग्रह गरेकी छन् । 

चुनावी प्रक्रियाबाट नै आएको पूर्ववर्ती सरकार आन्दोलनको बलमा हटेपछि त्यहाँको लोकतन्त्र के हुन्छ भन्ने बारेमा अन्तर्राष्ट्रिय जगतबाट चासो व्यक्त भइरहेको छ । उनीहरूले लोकतन्त्रको सुनिश्चितता खोजेका छन् । 
बंगलादेशको प्रभावशाली छिमेकी भारत भने अहिलेसम्म सार्वजनिक रूपमा बोलिसकेको छैन । 
सेनाले त्यहाँको सत्ता लिइहाल्ने अवस्था भने नभएको अन्तर्राष्ट्रिय समाचारहरूमा जनाइएको छ । ती समाचारअनुसार सेनाले सत्ता लिएमा संयुक्त राष्ट्रसंघको शान्ति स्थापना मिसनबाट उसले हात धुनुपर्ने भएकाले सेनाले अन्तरिम सरकारकै लागि पहल गर्नेछ । 

सेना प्रमुखले अन्तरिम सरकार बन्ने सोमबार पनि बताइसकेका छन् । यद्यपि, अन्तरिम सरकारमा को–को हुन्छन् भन्ने प्रष्ट भइसकेको छैन । आगामी २४ घण्टा भित्र त्यसबारेमा प्रष्ट हुन सक्ने जनाइएको छ । 

पूर्वप्रधानमन्त्री शेख हसिना सोमबार साँझ करिब सवा ६ बजे भारतको गाजियावादको डासनास्थित भारतीय वायुसेनाको हवाई अड्डामा सी–१३० विमानबाट उत्रिएकी थिइन् । 

साँझ करिब साढे ७ बजे भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलले शेख हसिनासँग कुराकानी गरेको बीबीसी हिन्दीले जनाएको छ । भारत सरकारले सोमबार राति बंगलादेशको अवस्थाको बारेमा छलफल गर्न उच्चस्तरीय बैठक गरेको समेत जनाइएको छ । तर, सो बैठकमा के भयो भन्ने सार्जजनिक गरिएको छैन ।

एएफपीका अनुसार सोमबार शेख हसिनाले देशको नाममा सम्बोधन रेकर्ड गर्न चाहेको भए पनि त्यो मौका उनलाई दिइएको थिएन ।  एजेन्सी
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro