site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुन्डाईले ल्यायो आठ भेरियन्टमा नयाँ क्रेटा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ । सन् २०१५ बाट नेपालमा क्रेटाको बिक्री थालेको लक्ष्मी हुन्डाईले अहिले नयाँ गाडी ल्याएको हो ।

विशेष डिजाइन, प्रदर्शन, हरेक भूभागमा सहजै गुड्ने र हरेक उमेरका ग्राहकलाई सुहाउने मिड साइज एसयूभी सेगमेन्टमा क्रेटाले विशेष स्थान बनाएको कम्पनीको भनाइ छ ।

मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा कम्पनीले विभिन्न फिचर्स तथा सुविधा थपेको छ ।

नयाँ क्रेटाको अगाडि प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लिक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर छ ।

कम्पनीका अनुसार नयाँ क्रेटामा आकर्षक साइड लाइन, नयाँ एलोय ह्वीलह, पछाडिको भागमा कनेक्टिंग एलईडी टेललाइट सेटअप र रिडिजाइन गरिएको बम्पर छ ।

गाडी भित्र कालो र खैरो थिममा नयाँ ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरसहित १०.२५ इञ्चका दुई स्क्रिन रहेको हुन्डाईले जनाएको छ ।

गाडीमा आठ–स्पीकर बोस साउन्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

नयाँ क्रेटामा उच्च सुरक्षाका लागि ३० भन्दा बढी सुविधा, ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर, ब्लाइन्ड (स्पट भ्यू मोनिटर), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टम छ ।

एडास फिचरअन्तर्गत लेन किप एन्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाटिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्त्वपूर्ण फिचर उपलब्ध रहेको हुन्डाईले बताएको छ ।

१.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनले नयाँ क्रेटालाई झन शक्तिशाली बनाएको र गियर ट्रान्समिसनको विकल्पमा एमटी, एटी र आईभीटी उपलब्ध छ ।

नयाँ क्रेटाका आठ भेरियन्ट ६ फरक रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । गाडीको सुरुआती मूल्य ५५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro