site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
माधव नेपाल नअटाएको पोस्टरमा प्रधानमन्त्री ओलीलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा प्रधामन्त्री ओलीले प्रधानता पाएका छन् । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।

अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’को पोस्टर रिलिजसँगै रिलिज डेट पनि अनाउन्स गरिएको छ । यो चलचित्र भदौ ७ गतेबाट प्रदर्शनमा आउनेछ । 

Dabur Nepal
NIC Asia

पोस्टरमा प्रधानमन्त्री ओलीसँगै प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई देख्न सकिनेछ । 

यो चलचित्रमा पूर्वप्रधानमन्त्री माधव नेपालको समेत अभिनय छ । सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले ‘नमेटिने घाउ’मा अभिनय गरेका छन् ।

एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेखेका छन् । 

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro