site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त
प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गर्ने क्रममा कमलबहादुर शाह । तस्बिर : तिलकराज ओझा/रासस ।
Tiktok banner adTiktok banner ad

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका । प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को समर्थनमा शाहलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन छ ।

यसअघि, आजै बसेको कांग्रेस संसदीय दलको बैठकबाट दलका नेता शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिएको थियो । मुख्यमन्त्रीका निम्ति कांग्रेसभित्र दलका नेता शाहसहित बहादुरसिंह थापा, प्रकाशबहादुर देउवा र दिवानसिंह विष्ट आकांक्षी थिए । केन्द्रको निर्देशनानुसार शाहलाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

शाह दोस्रोपटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी ०७९ मा भएको आमनिर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर–२ ‘क’बाट निर्वाचित भएका थिए ।

यसअघि, ०७९ माघ २७ गते नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा फेरिएको समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले गत चैत २२ गते पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि बनेको नयाँ समीकरणअनुसार गएको वैशाख ६ गते एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका थिए । फेरि केन्द्रमा कांग्रेस र एमालेसहितको सत्ता गठबन्धन बनेपछि अल्पमतमा परेका सोडारीले यही साउन १८ गते पदबाट राजीनामा दिएका थिए ।

सोही दिन मुख्यमन्त्री नियुक्तिका निम्ति प्रदेश प्रमुखद्वारा आह्वान भएअनुसार आइतबार दिउँसो शाहले दाबी पेस गरेका थिए । मुख्यमन्त्रीका निम्ति ५३ सदस्यीय प्रदेशसभामा २७ जना आवश्यक पर्नेमा कांग्रेस र एमालेका २९ सदस्य छन् । नागरिक उन्मुक्तिले समर्थन गर्दा मुख्यमन्त्रीको पक्षमा ३६ सदस्य पुग्छ ।

प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro