site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा आज बहाव बढ्ने 
SkywellSkywell

काठमाडौं । देशका केही नदीमा आज बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज इलाम, झापा, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, गोरखा, लमजुङ, कास्की, म्याग्दी, दार्चुला, बझाङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ । नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो । 

Dabur Nepal
NIC Asia

विभागका अनुसार आज (आइतबार) र भोलि (सोमबार) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान भए पनि बढ्दो हुनेछ । नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

त्यस्तै, मंगलबार रातिदेखि कोसी, कर्णाली, नारायणी र यसका केही प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला नदीको जलसतह उल्लेख्य बढ्ने र सतर्कता आसपास रहने पूर्वानुमान गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu