site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लालबन्दीमा बेपत्ता पुरुष मृत फेला
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकास्थित साझेदारी वन क्षेत्रमा बेपत्ता एक पुरुष मृत फेला परेका छन् । लालबन्दी नगरपालिका–७, घिसिङटोलका ६१ वर्षीय खिलराज खड्का वनमा शनिबार मृत फेला परेका हुन् ।

शुक्रबार घाँस लिन भन्दै साइकल लिएर हिँडेका उनी राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई खोजतलासका निम्ति खबर गरेको थियो । खोजीका क्रममा लालबन्दी नगरपालिका–८ स्थित साझेदारी वनमा शनिबार खड्का मृत फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले शवनजिकै घाँस बाँधेको साइकल, झोलामा पोको पारेको घाँस काट्ने कचिया, खुकुरी र पानी पिउने बोतल फेला पारेको छ । खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।

शव शवपरीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको र घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro