site stats
बाह्रखरी :: Baahrakhari
देश
कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्व. वक्तावारीदेवी गोयल कल्याणकारी कोषले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसको समन्वयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

कृष्णनगरस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उक्त कोषले जानकारी गराएको छ ।

Argakhachi Cement Island Ad

cc2-1722685341.jpg
बिहान ९ः३० देखि सुरु स्वास्थ्य शिविरमा कृष्णनगरलगायत आसपासबाट आएका करिब ४५० बिरामीले आफ्नो स्वास्थ्य जाँच गराए । स्वास्थ्य शिविरमा महिलारोग, हाडजोर्नी तथा नसारोग, बालरोग, नाक, कान, घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड, दाँत तथा गिजारोग, ईसीजी, छाला तथा यौनलगायत रोगहरूको निःशुल्क जाँच, परीक्षण तथा निःशुल्क औषधि वितरण समेत गरिएको कोषका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

cc3-1722685409.jpgशिविरमा उपस्थित भई नाम लेखाएका र जाँच गराएका बिरामीले आउँदो भदौ १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा विशेष छुट प्राप्त गर्ने उनले जानकारी दिए ।

cc4-1722685410.jpg

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्