site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विद्युत् प्राधिकरणका कर्मचारी कुटिए

संखुवासभा । नेपाल विद्युत् प्राधिकरणको संखुवासभा शाखा कार्यालय मादीका इन्चार्जसहित दुई कर्मचारी कुटिएका छन् ।

विद्युत् महसुल नतिरेपछि लाइन काटिएको र त्यो जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट गरिएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार, इन्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटिएका हुन् ।

Dabur Nepal
NIC Asia

कुटपिटको आरोपमा मादी नगरपालिका–४, ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दर्ता गरिएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । “निजहरूविरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ । उजुरीलगत्तै उहाँहरू फरार भएकाले खोजीकार्य भइरहेको छ,” उनले भने ।

विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गालीगलौज, हातपात र कुटपिट गरिएको थियो । स्थानीय लिङ्थेपको क्रसर उद्योगले ६ लाख ४० रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताए । कर्मचारीमाथि कुटपिटपछि मादीस्थित शाखा कार्यालय साउन १५ देखि बन्द छ ।

उक्त कार्यालयमा ६ कर्मचारी कार्यरत छन् । शाखा कार्यालय बन्द गरिँदा सेवाग्राही मारमा परेका छन् । कुटपिटपछि कर्मचारी त्रासमा छन् । कार्यालय बन्द गरेर उनीहरू सदरमुकाम आएका छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro