site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एक वर्षअघि नै राजीनामा दिएका थिए मणि थापाले !

काठमाडौं । पूर्वखानेपानीमन्त्री मणि थापाले करिब एक वर्षअघि नै एमाले परित्याग गरेको खुलाएका छन् । उनले बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा आफूले ०८० भदौमा नै राजीनामा दिएको बताए ।

“मैले एक वर्षअघि नै राजीनामा दिएको थिएँ । ०८० भाद्र १२ गते कार्यालयमा राजीनामा पठाएको थिएँ । कहिले स्वीकृत हुन्छ भन्ने प्रतिक्षामा थिए । अहिले स्वीकृत गर्नुभएछ क्यारे,” उनले बाह्रखरीसँग भने, “आधिकारिक जानकारी आएको छैन । मिडियाबाट सुनिरहेको छु ।”

नेकपा विभाजन हुँदा एमालेमा नै रहेका थापाले स्थायी कमिटी सदस्यको जिम्मेवारी पाएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले खानेपानीमन्त्री पनि बनाएका थिए ।

उनी राजीनामा बुझाउने केही समयअघिबाटै निष्क्रिय बसेका थिए । एमालेले १४ महिनाअघि फरक भूगोलको जिम्मा दिँदा उनी बिदामा बसेका थिए । ०८० साउनमा बसेको सचिवालय बैठकले उनलाई सोधपुछ गर्ने निर्णय गरेको थियो । बिहीबारको सचिवालय बैठकले अरु नेताको कार्यविभाजन गर्दा उनलाई पदमुक्त गरिएको छ । उनको स्थानमा अर्का नेताले स्थायी कमिटी सदस्य बन्ने मौका पाएका छन् ।

अध्यक्ष ओलीसँगको मनमुटावका कारण थापा एमालेबाट बाहिरिएको चर्चा छ । तर, उनले फरक स्कुलिङका कारणमा एमालेमा बस्न नसकेको संकेत गरे । “स्कुलिङको कुरा हो । अरु खास केही विषय होइन । ओलीजीसँग मेरो त्यस्तो केही मनमुटाव होइन । मलाई माया नै गर्नुहुन्थ्यो,” उनले बाह्रखरीसँग भने, “विरासत र स्कुलिङले गर्दा मैले राजीनामा दिएको थिएँ ।”

थापाले आगामी योजना भने बनाइनसकेको सुनाए । “अहिले लेखपढमा नै व्यस्त छु । अब के गर्ने भन्ने योजना बनाइसकेको छैन,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro