site stats
बाह्रखरी :: Baahrakhari
देश
सिनामंगलको गेष्ट हाउसमा युवायुवती मृत भेटिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिनामंगलको एक गेष्ट हाउसमा एक युवा र एक युवती मृत फेला परेका छन् ।

बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षीया करिष्मा सार्की मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनीहरू चारदिन अघिदेखि होटेलमा बस्दै आएको खुलेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्