site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक वर्षमा १४० व्यावसायिक फर्म कारबाहीमा
SkywellSkywell

नेपालगन्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्षमा १४० व्यावसायिक फर्मलाई कारबाही गरेको छ । कारबाहीबापत ३२ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

बिल, बीजक नभएको, मूल्यसूची नराखेको, तौल कम भएको, गुणस्तर कायम नभएका ती फर्महरूलाई न्यूनतम् पाँच हजारदेखि अधिकतम दुई लाख रुपैयाँसम्म जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका खरिदार सुरेशराज पौडेलले जानकारी दिए । 

KFC Island Ad
NIC Asia

आर्थिक वर्ष २०८०/८१ मा ६२८ फर्मको अनुगमन गर्दा १४० मा कैफियत भेटिएपछि त्यस्ता फर्मलाई जरिवाना गरिएको हो । तत्कालीन मध्यपश्चिमका १६ जिल्ला कार्यक्षेत्र रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले गत आवमा अनुगमन गर्दा ३४९ फर्म सामान्य अवस्थामा रहेको देखिएको थियो । सामान्य कैफियत देखिएका १३९ फर्मलाई तत्कालै सुधार गर्न निर्देशन दिइएको थियो । सो कार्यालयले गत आवमा दुई फर्मको कारोबारसमेत रोक्का गरेको छ । 

वाणिज्य कार्यालयले किराना खाद्यान्न, मासु/फ्रेस हाउस, मार्ट, पानी उद्योग, कस्मेटिक, कपडा जुत्ता पसल, अटो पार्ट्स, कम्प्युटर सेवा, मदिरा/सुर्तीजन्य पदार्थ, दुग्ध तथा तरकारी पसल, भाँडावर्तन, मनी ट्रान्सफर, सुनचाँदी, स्टेसनरी, हार्डवेयरलगायतका फर्मको अनुगमन गर्दै आएको छ ।

Royal Enfield Island Ad

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले म्याद नाघेका, खान अयोग्य, बिक्री गर्न अयोग्य मालसामानहरू जफत गरी नष्टसमेत गर्दै आएको छ । सो कार्यालयले नेपालगन्जमा गत आव २०८०/८१ मा पाँच लाख ७२ हजार ९३ रुपैयाँ बराबरको मालसामान नष्ट गरेको जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro