site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमन्त्रीसँग राष्ट्रिय अर्थतन्त्रका विषयमा छलफल गर्दै अर्थ समिति 
फाइल तस्विर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । 

अर्थ समितिको बैठकमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल हुँदै छ । बैठकमा अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का संशोधन प्रस्तावकर्ता सँग छलफल गर्ने कार्यसूची छ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को समितिको वार्षिक प्रतिवेदनमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro