site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल–मलेसिया लगानी प्रवर्द्धनबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी)बीच नेपाल–मलेसिया व्यापारिक सम्बन्ध विस्तार तथा लगानी र आसपी सहकार्यका विषयमा छलफल भएको छ । 

महासंघ सचिवालय टेकु काठमाडौंमा बिहीबार भएको छलफलमा दुवै पक्षबीच नेपाल–मलेसिया द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन, पर्यटन विस्तार, निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रको विकासमा सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो । सो अवसरमा महासंघका पदाधिकारीहरूले नेपाल र मलेसियाबीच सहकार्य विस्तार गर्न सकिने सम्भावना र अवसरबारे जानकारी गराएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सो अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले  नेपालले बिमस्टेक र सार्क जस्ता क्षेत्रीय संगठनहरूमार्फत् क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै मलेसियासँगको व्यापार घाटा कम गर्न नेपालले निर्यात वृद्धि र मलेसियाबाट थप लगानी भित्र्याउन चाहेको बताए । उनले नेपाललाई एसियाली राष्ट्रहरूको आर्थिक समुह आसियानसँग जोड्न मलेसियाली निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे ।

नेपालमा लगानीका लागि अनुकूल वातावरण रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्न नीतिगत सुधारहरू गरिरहेको जानकारी गराए । 

 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्